अपराधको नर्कदेखि ओल्ड ट्राफोर्डसम्म !

काठमाडौं । सन् २०१९ को सुरुआतमा एन्टोनीलाई साओ पाउलोको सिनियर टोलीसँग प्रि-सिजन टुरमा अमेरिका गएर ईन्ट्राक्ट फ्रान्कफर्ट, आयाक्स जस्ता टोलीविरुद्ध खेल्ने अवसर थियो । तर, उनले त्यसो गरेनन् । यसले उनको करियरलाई सधैंको लागि परिवर्तन गर्यो ।
सिनियर टोलीसँग प्रशिक्षण गरे पनि बोर्डले युवा विंगरलाई ब्राजिलको प्रमुख युवा प्रतियोगिता 'कोपा साओ पाउलो' को लागि यू-२० टोलीमा फर्काउने विचार गर्दापनि उनले कुनै हिचकिचाहट गरेनन् ।
त्यसपछि उनले फुटबल संसारमा आफूलाई चिनाए । चार गोल गरे र उपाधि जित्ने अभियानमा ६ वटा असिस्ट पनि प्रदान गरे ।
जब उनी सिनियर टोलीमा फर्किए क्लब भित्र एन्टोनीको प्रतिष्ठा उस्तै रहेन । उनी अब अर्को प्रतिभाशाली युवा खेलाडी मात्र थिएनन् । उनी 'रियल डिल' भईसकेका थिए । जसलाई क्लबले गम्भीर रुपमा लग्यो ।
साओ पाउलोका पूर्व कार्यकारी निर्देशक अलेक्जेन्डर पासारो भन्छन्, 'यो उनको लागि एउटा टर्निङ प्वाइन्ट थियो । अन्य खेलाडीले युवा टोलीमा फर्किन अस्वीकार गरे । यसलाई कमजोरीको रूपमा बुझे । तर उनले यसलाई तुरुन्तै स्वीकार गरे । यसका लागि उनले सिनियर टोलीसँगको त्यो अवसर (प्रि सिजन टुर ) लाई छोडे जसको धेरै खेलाडीहरू प्रतिक्षा गरिरहेका थिए ।'
'उनी सधैं एक धेरै नम्र केटा थिए । उनी आफ्नो फाइदा हुने कुराको वास्ता गर्दैनन थिए,' पासारोले भने, 'उनलाई त्यो सिजन चम्किनु थियो र अहिले हामी सबैले प्रशंसा गर्ने खेलाडी बन्नु थियो।'
'आयाक्सले उनको बारेमा सोध्दै थियो । आयाक्सले २०१८ मा उनको लागि ३ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो । हामी २०२० को सुरुमा उनलाई बेच्ने थियौं तर यो सुनिश्चित गर्दै कि रिलिज क्लजको २० प्रतिशत लाभ समावेश गरियोस । किनभने हामीलाई थाहा थियो उनि उच्च स्तरमा पुग्नेछन,' पासारोले थपे ।

एन्टोनीले आयाक्सको लागि सबैखाले प्रतियोगितामा ४७ गोलमा योगदान गरे । दुई सिजनपछि म्यानचेस्टर युनाइटेडले ८०.७५ मिलियन पाउण्डको प्रारम्भिक मूल्यमा थप ४.२५ मिलियन पाउण्ड थपेर उनलाई अनुबन्ध गर्यो ।
पाउल पोग्बा, रोमेलु लुकाकु र म्यानचेस्टर सिटीका ज्याक ग्रेलिस पछि २२ वर्षीय खेलाडी एन्टोनी प्रिमियर लिगको इतिहासमा चौंथो सबैभन्दा महँगो खेलाडी बनेका छन् ।
प्रयाप्त खेल समय प्राप्त गर्नको लागि उनले प्रि सिजनमा अमेरिकाको यात्रा छोड्ने निर्णय गर्दा सायदै उनले यसको कल्पना गरेका थिएनन् ।
एन्टोनीको यात्रा र बाल्यकाल
एन्टोनी यहाँसम्म आइपुग्नु उनको समर्पण र लगनशीलताको प्रमाण हो ।
साओ पाउलोको बाहिरी भागमा रहेको ओसास्कोको सबैभन्दा खतरनाक क्षेत्रहरू मध्ये एक, इन्फर्निन्हो (जसलाई सानो नर्कको नामले पनि चिनिन्छ) नामक फाभेलामा हुर्किएका उनले प्रायः लागूऔषध व्यापारीहरू, प्रहरीबाट भाग्ने अपराधीलाई आफ्नो घर नजिकै मारिएको देख्थे ।
ती सबै कुरा देखेपछि उनमा कुनै पनि कुराको डर लाग्न छाड्यो । यति सम्मकी फुटबलर बन्न खोज्दा जीवनको सुरुवातमा सहनु परेको भोक पनि उनलाई केहि लागेन । जब उनलाई आफ्नो करियरमा दबाबको बारेमा सोधिन्छ, ब्राजिलियन अन्तर्राष्ट्रियले मुस्कान दिन्छन् ।
'वास्तविक दबाब तब थियो जब म फाभेलामा बस्थें । बिहान नौ बजे स्कूल जान्थे । राती नौ बजेसम्म फेरि खाना खाने कि भोकै बस्ने भनेर निश्चित थिएन । त्यो दबाब हो,' उनले भने ।
अहिले आफ्नो सफलतामा ती दिनदेखि आफुसँग भएकाहरूलाई उनी कहिल्यै बिर्सदैनन् ।
एन्टोनी नोभेम्बरमा हुने विश्वकपको लागि ब्राजिलको टोलीमा पर्न तयारी गर्दैछन् । एन्टोनीलाई युनाइटेड प्रशिक्षक एरिक टेन ह्यागमा विश्वास छ । यो जोडीले आयाक्समा दुई सिजन सँगै काम गरे । धेरै नै क्लिनिकल खेलाडीमा रूपान्तरणको लागि टेन ह्यागलाई उनी श्रेय दिन्छन ।
युनाइटेडको दोस्रो सबैभन्दा महँगो खेलाडीको मूल्य ट्यागलाई प्रमाणित गर्न उनीहरूले अब ओल्ड ट्राफोर्डलाई जित्नुपर्नेछ ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)