काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड मार्टिन ब्रेथवेटले क्लब छाडेका छन् ।
बार्सिलोनाले बिहीबार फरवार्डसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।
बार्सिलोनाले आपसी समझदारीमा डेनमार्कका फरवार्डले क्लब छाडेको जनाएको छ ।
उनी फ्री ट्रान्सफरमा अन्य क्लब जान सक्ने छन् ।
ब्रेथवेट २०२० को विन्टर ट्रान्सफरमा लेगानेसबाट बार्सिलोना आएका थिए ।
३१ वर्षीय फरवार्डले बार्सिलोनाका लागि ५९ खेल खेलेका थिए ।
उनले डेनमार्कका लागि ६० खेलमा १० गोल गरेका छन् ।