काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले बेल्जियन डिफेन्डर वोउट फेसलाई अनुबन्ध गरेको छ ।
लेस्टरले फ्रेन्च क्लब रिम्सबाट डिफेन्डर फेसलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डरले लेस्टरसँग ५ वर्षको सम्झौता गरेका छन् ।
सम्झौता रकम भने खुलाईएको छैन ।
फोफानाले क्लब छाडेपछि लेस्टरले उनको स्थानमा डिफेन्डर फेसलाई अनुबन्ध गरेको हो ।
फोफाना चेल्सीमा अनुबन्धित भएका छन् ।
गत सिजन उनले फ्रेन्च क्लबका लागि ३७ लिग खेलमा ४ गोल गरेका थिए ।
बेल्जियमका लागि उनले १ खेल खेलेका छन् ।
