एकान्जी सिटीमा अनुबन्धित
बिहिबार, भदौ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर म्यानुएल एकान्जीलाई अनुबन्धित गरेको छ ।
सिटीले बोरुसिया डर्टमण्डबाट डिफेन्डर एकान्जीलाई अनुबन्ध गरेको हो ।
स्विट्जरल्यान्डका सेन्टर ब्याक एकान्जीले सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
सिटीमा उनले २५ नम्बरको ज्जरसी लगाउने छन् ।
यस समरमा सिटीले पाँचौं खेलाडीको रुपमा एकान्जीलाई अनुबन्ध गरेको हो ।
२७ वर्षीय एकान्जीले जर्मन क्लबका लागि १ सय ५८ खेल खेलेका थिए ।
स्विट्जरल्यान्डका लागि उनले ४१ खेल खेलेका छन् ।
एकान्जी सिटीमा अनुबन्धित









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)