काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ब्राजिलियन विंगर एन्टोनी अनुबन्ध गरेको छ ।
युनाईटेडले बिहीबार विंगर एन्टोनीसँग औपचारिक रुपमा सम्झौता गरिएको जनाएको छ ।
एन्टोनीले युनाईटेडसँग ५ वर्षको सम्झौता गरेका छन् ।
उनी २०२७ सम्म युनाईटेडमा रहने छन् ।
२२ वर्षीय एन्टोनीलाई युनाईटेडले सम्झौता थपको विकल्प समेत दिएको छ ।
युनाईटेडले डच क्लब आयाक्सबाट विंगर एन्टोनीलाई अनुबन्ध गरेको हो ।
'विश्वको सबैभन्दा प्रतिष्ठित क्लबहरूमध्येको एकमा सामेल हुनु मेरो करियरको अविश्वसनीय क्षण हो,' सम्झौतापछि उनले भनेका छन् ।

एन्टोनी २०२० मा साओ पाउलोबाट डच क्लब आएका थिए ।
डच क्लबका लागि उनले १ सय ३४ खेलमा ३१ गोल र २७ असिस्ट गरेका छन् ।
ब्राजिलका लागि उनले ९ खेलमा २ गोल गरिसकेका छन् ।