काठमाडौं । इटालियन सिरी ए क्लब युभेन्ट्सले अर्जेन्टिनी मिडफिल्डर लिएन्ड्रो परेडेसलाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले मिडफिल्डर परेडेसलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा अनुबन्ध गरेको हो ।
२८ वर्षीय मिडफिल्डर जेनिथबाट सन् २०१९ मा पीएसजी आएका थिए ।
पीएसजीका लागि उनले ७२ लिग वान खेल २ गोल गरेका छन् ।
अर्जेन्टिनाका लागि उनले ४४ खेलमा ४ गोल गरेका छन् ।