मदन भण्डारी सेभेन ए साइड फुटबल हुने
बिहिबार, भदौ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नवलपुरको गैडाकोटमा मदन भण्डारी सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
गैडाकोट खेलकुद मैदानमा आयोजना हुने प्रतियोगिता भदौ २४ गतेबाट सुरु हुने छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै दोस्रोले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार पाउने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी र सहायक प्रायोजकमा सेन्ट्रल कलेज र एइम्स अब्रोड एजुकेसन रहेको छ ।
मदन भण्डारी सेभेन ए साइड फुटबल हुने









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)