काठमाडौं । स्पेनिस क्लब सेभियाले बेल्जियन विंगर अदनान जानुजाजलाई अनुबन्ध गरेको छ ।
सेभियाले फ्री ट्रान्सफरमा रियल सोसिडाडबाट जानुजाजलाई अनुबन्ध गरेको हो ।
२७ वर्षीय विंगरले सेभियासँग ४ वर्षको सम्झौता गरेका छन् ।
सोसिडाडमा पाँच वर्ष बिताएर उनी सेभिया आएका हुन् ।
सोसिडाडसँग उनको सम्झौता गत महिना सकिएको थियो ।
उनी २०१७ मा म्यानचेस्टर युनाईटेडबाट स्पेनिस क्लब आएका थिए ।
सोसिडाडका लागि उनले १ सय ३२ खेलमा १५ गोल गरेका थिए ।
बेल्जियमका लागि उनले १५ खेलमा १ गोल गरेका छन् ।