बालोटेली स्विस क्लबमा अनुबन्धित
बिहिबार, भदौ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन फरवार्ड मारियो बालोटेली स्विस क्लब एफसी सीओनमा अनुबन्धित भएका छन् ।
स्विस सुपर लिग क्लबसँग बालोटेलीले २ वर्षको सम्झौता गरेका छन् ।
३२ वर्षीय बालोटेली टर्किस क्लब एडाना डेमिर्स्पोर छाडेर स्विजरल्याण्ड आएका हुन्।
बालोटेलीले एक वर्ष बिताएर टर्कीस क्लब छाडेका हुन् ।
बालोटेलीले गत सिजन टर्किस क्लबसँग तीन वर्षको सम्झौता गरेका थिए ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व स्ट्राइकर समेत रहेका बालोटेलीको यो करियरको ११ क्लब हो ।
इटालीका पूर्व स्ट्राइकरले राष्ट्रको लागि ३६ खेलमा १० गोल गरेका छन् ।
बालोटेली स्विस क्लबमा अनुबन्धित







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

