काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा डुसन भाल्होभिच र आर्काडिसुज मिलिकले एक एक गोल गरे ।
खेलको नवौं मिनेटमा भाल्होभिचले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
यस जितसँगै युभेन्ट्सले ४ खेलमा ८ अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा उक्लिएको छ ।
स्पेजिया ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।