काठमाडौं । बायर्न म्युनिख जर्मन कप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा भिक्टोरिया कोल्नलाई ५-० गोल अन्तरले हराउँदै बायर्नले दोस्रो चरणमा स्थान बनाएको हो।
खेलको ३५ औं मिनेटमा रायन ग्राभेनब्रेचले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
म्याथिस टेलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलको ५३ औं मिनेटमा साडियो मानेले गोल गर्दै बायर्नको अग्रता तेब्बर बनाए ।
६७ औं मिनेटमा जमल मुसियालाले गोल गरेपछि बायर्न ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ५-० को जित दिलाए ।