काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३-० गोल अन्तरले हराएको हो ।
खेलको ३७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दा पीएसजीको अग्रता २-० को बन्यो ।

त्यसपछि खेलको ९० औं मिनेटमा जुआन बर्नेटले गोल गर्दै पीएसजीलाई ३-० को जित दिलाए ।
यस जितसँगै पीएसजीले ५ खेलमा १३ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
टुलुज ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।