काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।
खेलको ३८ औं मिनेटमा डेब्यु खेलाडी एलेक्सान्डर इसाकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६१ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा फाबियो कार्भाल्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
ज्जितसँगै लिभरपुल ५ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
अर्को खेलमा टोटेनहमले वेस्ट ह्यामसँग १-१ गोलको बराबरी खेलेको छ ।
त्यस्तै उल्भ्स र बर्नेमाउथले गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।