आर्सनलको लगातार पाँचौं जित
बिहिबार, भदौ १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ ।
बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई २-१ गोल अन्तरले हराएर आर्सनलले पाँचौं जित निकालेको हो ।
आर्सनललाई जित दिलाउन ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे ।
एस्टनका डुग्लास लुइजले एक गोल फर्काए ।
खेलको ३० औं मिनेट जिससले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७४ औं मिनेटमा एस्टनका लुइजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २-१ को ज्जित दिलाए ।
यस जितसँगै आर्सनलले ५ खेलमा १५ अंक जोडेको छ ।
आर्सनल शीर्ष स्थानमा रहेको छ ।
एस्टन ३ अंक जोडेर पुछारमा रहेको छ ।
आर्सनलको लगातार पाँचौं जित







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

