काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले नटिङघम फरेस्टलाई ६-० ले हराएको हो ।
सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले ह्याट्रिक गरे ।
जुलियन अल्भारेजले दुई तथा जोआ कान्सेलोले एक गोल गरे।

खेलको १२ औं मिनेटमा हालाण्डले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
२३ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।
खेलको ३८ औं मिनेटमा हालाण्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ३-० को बन्यो ।
हालाण्डको यो दोस्रो ह्याट्रिक हो ।

खेलको ५० औं मिनेटमा कान्सेलोले गोल गर्दा सिटीको अग्रता ४-० को बन्यो ।
त्यसपछि खेलको ६५ र ८७ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ६-० को जित दिलाए ।
जितसँगै सिटीले ५ खेल १३ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ ।
फरेस्ट ४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।