काठमाडौं । मैत्रीपूर्ण फुटबलमा भुटानको राष्ट्रिय महिला फुटबल टिमले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
भद्रकालीस्थित आर्मीको मैदानमा भएको मैत्रीपूर्णमा भुटानले आर्मीलाई ४-० गोल अन्तरले हराएको हो ।
भुटानलाई जित दिलाउन पेमा छिरिङले दुई गोल गरिन् । सुनिता राई र गेली वान्ग्मोले एक एक गोल गरिन् ।
महिला साफ च्याम्पियनसिपको तयारी स्वरूप भुटानले आर्मीसँग मैत्रीपूर्ण खेलेको हो ।

महिला साफको लागि भुटानको टोली गत हप्ता नेपाल आइपुगेको थियो ।
महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
भुटान समूह ‘बी’ मा रहेको टोली हो । यस समूहमा श्रीलंका र नेपाल रहेका छन् ।
भुटानले उद्घाटन खेलमा नेपालको सामना गर्नेछ ।