काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक मूल्यवान फुटबल क्लब बनेको छ ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार ला लिगा क्लब सर्वाधिक मूल्यवान क्लब बनेको हो ।
फोर्ब्सको तथ्यांकअनुसार रियलको मूल्य ५.१ बिलियन अमेरिकी डलर रहेको छ ।
यस्तै दोस्रो स्थानमा स्पेनकै बार्सिलोना रहेको छ । बार्सिलोनाको मूल्य ५.१ बिलियन अमेरिकी डलर रहेको छ ।
तेस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड रहेको छ । युनाईटेडको मूल्य ४.६ बिलियन अमेरिकी डलर रहेको छ ।
सूचीको शीर्ष १० मा प्रिमियर लिग क्लबको वर्चश्व रहेको छ ।
मूल्यवान फुटबल क्लबहरूको सूची यस्तो छ:
१ रियल मड्रिड : ५.१ बिलियन अमेरिकी डलर
२ बार्सिलोना : ५.१ बिलियन अमेरिकी डलर
३ म्यानचेस्टर युनाइटेड : ४.६ बिलियन डलर
४ लिभरपुल : ४.४५ बिलियन डलर
५ बायर्न म्युनिख : ४.२७५ बिलियन डलर
६ म्यानचेस्टर सिटी : ४.२५ बिलियन डलर
७ पेरिस सेन्ट-जर्मेन : ३.२ बिलियन डलर
८ चेल्सी : ३.१ बिलियन डलर
९ युभेन्टस : २.४५ बिलियन डलर
१० टोटेनहम हटस्पर : २.३५ बिलियन डलर