काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मिडफिल्डर फाबियन रुइजलाई अनुबन्ध गरेको छ ।
पीएसजीले इटालियन क्लब नापोलीबाट मिडफिल्डर फाबियनलाई अनुबन्ध गरेको हो ।
स्पेनिस मिडफिल्डरले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन् ।
रियल बेटिसको एकेडेमीमा हुर्किएका फाबियन २०१८ मा नापोली आएका थिए ।
२६ वर्षीय मिडफिल्डरले नापोलीका लागि १ सय ६६ खेलमा २२ गोल र १५ असिस्ट गरेका थिए ।
फाबियन स्पेनका लागि १५ खेलमा १ गोल गरेका छन् ।