काठमाडौं । जर्मन कप फुटबलमा आरबी लाइपजिगले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको पहिलो चरणको खेलमा लाइपजिगले चौंथो डिभिजनको क्लब ट्युटोनिया ओटेनसनलाई ८-० गोल अन्तरले हराएको हो ।
लाइपजिगलाई जित दिलाउन टिमो वेर्नेरले ह्याट्रिक गोल गरे । वेर्नेरले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।
यस्तै आन्द्रे सिल्भाले दुई गोल गर्दा इमिल फोर्सवर्ग, क्रिस्टोफर एन्कुकु र्र डानी ओल्मोले एक एक गोल गरे ।
फराकिलो जित निकाल्ने क्रममा लाइपजिगले दुबै हाफमा समान चार गोल गरेको थियो ।
