काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा इन्टरले क्रेमोनीजेलाई ३-१ गोल अन्तरले हराएको हो ।
इन्टरको जितमा जोआक्विन कोरेया, निकोलो बरेला र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।
क्रेमोनीजेका डाभिड ओक्रेकेले एक गोल फर्काए ।
यस जितसँगै इन्टरले ४ खेलमा ९ अंक जोडेको छ ।
इन्टर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
क्रेमोनीजे अंक विहीन रहदै १९ औं स्थानमा रहेको छ ।
अर्को खेलमा रोमाले मोन्जालाई ३-० ले हराएको छ ।
रोमालाई जित दिलाउन पाउलो डिबालाले दुई गोल गरे ।
रोजर इबान्जेको नाममा एक गोल रह्यो ।
यस जितसँगै रोमाले ४ खेलमा १० अंक जोडेको छ ।
रोमा शीर्ष स्थानमा उक्लिएको छ ।
मोन्जा अंक विहीन रहदै पुछारमा रहेको छ ।