काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले २-१ ले हराएको हो ।
साउथह्याम्पटनको मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले हार व्यहोरेको हो ।
खेलको २३ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २८ औं मिनेटमा रोमिओ लाभियाले गोल गर्दै साउथह्याम्पटनलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा एडम आर्म्सट्रोङले गोल गर्दै साउथह्याम्पटनलाई २-१ को जित दिलाए।
जितसँगै साउथह्याम्पटनले५ खेलमा ७ अंक ओडेको छ ।
साउथह्याम्पटन सातौं स्थानमा रहेको छ ।
चेल्सी ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै फुलहमले ब्राइटनलाई २-१ ले हराएको छ ।
क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले १-१ गोलको बराबरी खेल्दा लिड्स र एभर्टनले १-१ गोलको बराबरी खेलेका छन् ।