चेल्सीका ओडोई जर्मन क्लबमा
मंगलबार, भदौ १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बायर लिभरकुसेनले विंगर कलुम हड्सन ओडोईलाई अनुबन्ध गरेको छ ।
लिभरकुसेनले ओडोईलाई प्रिमियर लिग क्लब चेल्सीबाट लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका विंगरलाई जर्मन क्लबले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
जर्मन क्लबमा उनले १७ नम्बरको जर्सी लगाउने छन् ।
२१ वर्षीय विंगरले गत सिजन चेल्सीका लागि १५ प्रिमियर लिग खेलेका थिए ।
तर, यस सिजन उनले चेल्सीका लागि खेलेका थिएनन् ।
इंग्ल्यान्डका लागि उनले ३ खेल खेलेका छन् ।
चेल्सीका ओडोई जर्मन क्लबमा






-1762997834781.jpeg&w=3840&q=75)






