काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले डिफेन्डर सर्जियो रेगुइलोनलाई लोनमा अनुबन्ध गरेको छ ।
एट्लेटिकोले डिफेन्डर रेगुइलोनलाई इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमबाट लोनमा अनुबन्ध गरेको हो ।
स्पेनिस डिफेन्डरलाई एट्लेटिकोले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।

२५ वर्षीय डिफेन्डर २०२० मा रियल मड्रिडबाट टोटेनहम आएका थिए ।
टोटेनहमका लागि उनले ६७ खेल खेलेका छन् ।
गत सिजन उनले टोटेनहमका लागि २५ खेल खेलेका थिए ।
पछिल्लो समय उनी चोटबाट मुक्त हुन रिहाब गरिरहेका छन् ।