काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ब्राजिलियन विंगर एन्टोनी अनुबन्ध गरेको छ ।
डच क्लब आयाक्सबाट युनाईटेडले विंगर एन्टोनीलाई अनुबन्ध गरेको हो ।
युनाईटेडले मंगलबार विंगर एन्टोनीलाई अनुबन्ध गरिएको जनाएको छ ।
युनाईटेडले ८१.३ मिलियन पाउण्ड तिरेर एन्टोनीलाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय एन्टोनीलाई किन्न युनाईटेडले खर्च गरेको रकम ह्यारी मग्वाएरपछिको दोस्रो सर्वाधिक रकम हो ।
एन्टोनी २०२० मा साओ पाउलोबाट डच क्लब आएका थिए ।
डच क्लबका लागि उनले १ सय ३४ खेलमा ३१ गोल र २७ असिस्ट गरेका छन् ।
ब्राजिलका लागि उनले ९ खेलमा २ गोल गरिसकेका छन् ।