काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीबाट दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको एन्फाले जनाएको छ ।
बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ४० खेलाडी डाकिएको थियो ।
टिमबाट बाहिरिनेमा डिफेन्डर देबेन्द्र तामाङ, छिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ रहेका छन् ।
त्यस्तै मिडफिल्डर पुजन उपरकोटी, राजन गुरुङ, सुवास गुरुङ तथा फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाई बाहिरिएका छन् ।
नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।
३० सदस्सीय नेपली टोली -
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ