काठमाडौं । इंग्लिस प्रिमियर लिग फुलहमले ब्राजिलियन विंगर विलियनलाई अनुबन्ध गर्ने भएको छ ।
फुलहमले विलियनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्ने भएको हो ।
फुलहम र विलियनबीच अनुबन्धका लागि सहमति भएको बताईएको छ ।
फुलहममा उनको मेडिकल समेत तय भएको बीबीसीले जनाएको छ ।
३४ वर्षीय विंगरले हालै ब्राजिलियन कोरिन्थिस छाडेका थिए ।
परिवार र उनलाई ज्यान मार्ने धम्की आएपछि विलियनले क्लब छाडेका हुन् ।
चेल्सी तथा आर्सनलका पूर्व विंगर विलियन २०२१ मा कोरिन्थिसमा अनुबन्धित भएका थिए ।
उनले कोरिन्थिसका लागि ४५ खेलमा १ गोल गरेका थिए ।
विलियनले २०१३ देखि २०२० सम्म चेल्सीमा बिताएका थिए ।
उनले २०२०/२१ को सिजन आर्सनलका लागि खेलेका थिए ।
ब्राजिलका लागि उनले ७० खेलमा ९ गोल गरेका छन् ।