काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमले डिफेन्डर क्रिस्टियन रोमेरोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
टोटेनहमले अर्जेन्टिनाका डिफेन्डरलाई सिरी 'ए' क्लब एट्लान्टाबाट अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डर रोमेरो गत सिजन लोनमा टोटेनहम आएका थिए ।
सेन्टर ब्याक रोमेरोले टोटेनहमसँग ५ वर्षको सम्झौता गरेका छन् ।
रोमेरोले टोटेनहमका लागि ३२ खेल खेलिसकेका छन् ।
रोमेरो २०२१ मा युभेन्ट्सबाट एट्लान्टा आएका थिए ।
उनले एट्लान्टाका लागि ४२ खेल खेलेका थिए ।
अर्जेन्टिनाका लागि उनले ११ खेलमा १ गोल गरेका छन् ।