काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब बर्नेमाउथका मुख्य प्रशिक्षक स्कट पार्कर बर्खास्तमा परेका छन् ।
बर्नेमाउथले मंगलबार मुख्य प्रशिक्षक स्कटलाई बर्खास्त गरेको हो ।
प्रिमियर लिगमा लिभरपुलसँग ९-० ले पराजित भएको तीन दिनपछि बर्नेमाउथले स्कटलाई बर्खास्त गरेको हो ।
एस्टन भिल्लामाथिको जितसँगै सुखद सुरुआत गरेको बर्नेमाउथले त्यसपछि लगातार तीन खेलमा हार व्यहोरेको छ । म्यानचेस्टर सिटी र आर्सनलसँग पराजित बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ ।
४१ वर्षीय प्रशिक्षक स्कट २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
स्कटकै नेतृत्वमा बर्नेमाउथ च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा भएको थियो ।
अब ग्यारी ओनिल बर्नेमाउथको अन्तरिम प्रशिक्षक रहने छन् ।