काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानी अनुबन्ध गरेको छ ।
म्यानचेस्टर युनाईटेडका पूर्व स्ट्राइकर काभानीलाई भ्यालेन्सियाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
भ्यालेन्सियाले काभानीलाई अनुबन्ध गरिएको जनाएको छ ।
काभानीले भ्यालेन्सियासँग २ वर्षको सम्झौता गरेका छन् ।
उरुग्वेका ३५ वर्षीय स्ट्राइकर २०२० मा फ्रेन्च क्लब पीएसजीबाट युनाईटेड आएका थिए ।
तर, गत सिजनको अन्त्यसँगै उनको सझौता सकिएको थियो ।
युनाईटेडमा दुई सिजन बिताउदा उनले १२ प्रिमियर लिग गोल गरेका थिए ।