रुस विश्वकप फुटबलको अन्तिम १६ मा
बुधबार, असार ६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । आयोजक रुस विश्वकप फुटबलको प्रि क्वार्टरफाईनलमा प्रवेश गरेको छ । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले साउदी अरबलाई १–० ले पराजित गरेसंगै एक खेल अगावै रुस प्रि क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।
रुसले उद्घाटन खेलमा साउदीलाई ५–० ले हराएको थियो भने दोस्रो खेलमा इजिप्टलाई ३–१ ले स्तब्ध बनाएको थियो । आयोजक रुस र उरुग्वे समान ६ अंक बटुल्दै अन्तिम १६ मा प्रवेश गर्ने पहिलो दुई राष्ट्र बनेका छन् ।
समुह चरणको अन्तिम खेलमा दुई राष्ट्रबीचको नतिजाले समुह विजेता टोलीको टुङ्गो लगाउनेछ । तालिकाको पुछारमा रहेका इजिप्ट र साउदी अंक विहिन छन् ।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)