पीएसजी हारबाट जोगियो
सोमबार, भदौ १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोसँग बराबरीमा खेलेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा नेयमारले गोल गरेपछि पीएसजी हारबाट जोगिएको हो ।
खेलको २० औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै मोनाकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७० औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसीलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै पीएसजीले ४ खेलमा १० अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
मोनाको ५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
पीएसजी हारबाट जोगियो






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


