बार्सिलोनाको फराकिलो जित
आइतबार, भदौ १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ४-० ले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
पेड्री र सेर्जी रोबर्टोले एक एक गोल गरे ।
खेलको २४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो ।
६४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा रोबर्टोले गोल गर्दा बार्सिलोना ४-० ले विजयी भयो ।
जितसँगै बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ ।
बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
भालाडोलिड १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
बार्सिलोनाको फराकिलो जित






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


