मंगलबार, ०१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौंका स्वर्ण विजेतालाई मासिक भत्ता दिने बागमती प्रदेशको घोषणा

शुक्रबार, १० भाद्र २०७९खेलपाटी संवाददाता
नवौंका स्वर्ण विजेतालाई मासिक भत्ता दिने बागमती प्रदेशको घोषणा
Loading ad...
mustang rice ad

काठमाडौं । बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेशका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने जानकारी गराएको हो ।

प्रदेश सरकारले आफुले प्राथमिकतामा राखेको ९ खेलका स्वर्ण विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध हुने बताएको छ । 

प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले नवौंमा स्वर्ण पदक विजेता खेलाडीलाई दशों राष्ट्रिय खेलकुद प्रतियोगितासम्म मासिक भत्ता उपलब्ध हुने बताए ।  

‘नवौंमा स्वर्ण पदक जित्ने खेलाडीलाई उपलब्ध हुने भत्ता अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुदाँसम्म जारी रहन्छ ।’ उनले भने, ‘प्रदेशले यसलाई सुरुवात गरेको हो । सिंगो खेलकुदमा यो महत्वपुर्ण घोषणा हो भन्ने लागेको छ ।’

बागमती प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादो, ब्याडमिन्टन र पौडी खेललाई प्रदेशको प्राथमिकताको खेलमा सुचिकरण गरेको छ । प्रदेशले गत वर्षमात्र आफुले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गर्दै पहिलो प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरेको थियो । 

प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले राज्यको सिमित स्रोत साधनमा खेलहरुको प्राथमिकता निर्धारण गरेर ९ खेलका स्वर्ण विजेता खेलाडीलाई भत्ता उपलब्ध गराउने कामको सुरुवात गरिएको बताए । 

‘यो सुरुवात मात्र हो । खेल र खेलाडीको दायरा बिस्तारै बढाउँदै लैजाने लक्ष्य छ ।’ सदस्य सचिव भण्डारीले भने, ‘विस्तारै अन्य प्रदेशले पनि यस कार्यक्रमलाई निरन्तरता दिने विश्वास लिएका छों ।’  

‘राज्यको स्रोत साधनले सबै खेलमा लगानी गर्न पुग्दैन । खेलको प्राथमिकता निर्धारण गरेर लगानी गरेका छौं । हामीले वर्गिकरणबाट छनोट गरेका खेलको अन्तराष्ट्रिय स्तरमा पदकको सम्भावना पनि छ ।’ उनले भने ।

भण्डारीले प्रदेश सरकारको निर्णयबाट प्रदेश स्तरमा रहेका खेलाडीलाई राहत मिल्ने धारणा राखे । उनले नियमावलीमै यसलाई समावेश गरेर खेलाडीलाई भत्ताको व्यवस्था गरिएको उल्लेख गरे । 

देश संघीयतामा गएसँगै प्रदेश सरकारले आफ्ना खेलाडीलाई मासिक भत्ता दिने गरेको यो पहिलो र ऐतिहासिक निर्णय हो । सरकारले समेत अन्तराष्ट्रिय स्तरमा पदक विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था गरेपनि राष्ट्रिय प्रतियोगिता विजेता खेलाडीलाई समेट्न सकेको थिएन । 

तत्कालिन क्षेत्र र वर्तमान प्रदेश सरकारले खेलाडीलाई नियमित भत्ताको व्यवस्था गर्न नसक्दा धेरै खेलाडी पलायन हुने गरेका थिए भने केही खेलाडीलाई विभागीय टिमले सिमित समयका लागि सम्झौतामा राख्दै भत्ता उपलब्ध गराउने गरेका थिए । 

बागमती प्रदेशको पछिल्लो निर्णयले खेलाडीले प्रदेशबाटै खेलेर मासिक भत्ता प्राप्त गर्ने ढोका खुलेको छ । यसलाई अन्य प्रदेशले समेत घोषणा गर्नुपर्ने नैतिक दबाब थपेको छ । 

यस्तै, नवौं राष्ट्रिय प्रतियोगिताको तयारीको सन्दर्भमा बागमती प्रदेश सरकारले सबै ३६ वटै खेलका सम्पुर्ण स्पर्धामा सहभागी हुने घोषणा गरेको छ । प्रदेश छनोटबाट आएका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको बागमतीले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने बताएको छ । 

यस्तै राखेपको समयसिमा अनुसार भाद्र २५ गतेभित्र खेलाडीको विवरण पठाउने जानकारी गराउँदै प्रदेश सरकारले नवौं राष्ट्रियमा ७ सय ९ खेलाडीलाई सहभागी गराउने बताएको छ । 

नवौंको छनोट र तयारीमा करिब ९ करोड खर्च हुने अनुमान गरेको प्रदेश सरकारले ५ करोड रुपैयाँ प्राप्त गरेको र बाँकी रकम प्रदेश सरकारसँग माग गरिएको जानकारी गराएको छ । राखेपले प्रदेश सरकारलाई तयारीका लागि उपलब्ध गराएको ४९ लाख रुपैयाँ आफुहरुले प्राप्त गरेको बागमती सरकारको धारणा छ । 

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ ।

Loading ad...
LiNing Ad
नवौंमा स्वर्ण विजेतालाई मासिक भत्ता दिने बागमती प्रदेशको घोषणा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान