चेल्सीका डिफेन्डर अनुबन्ध गर्दै वेस्ट ह्याम
मंगलबार, भदौ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट ह्यामले इटालियन डिफेन्डर इमर्सन पाल्मीरीलाई अनुबन्ध गर्ने भएको छ ।
वेस्ट ह्यामले अर्को प्रिमियर लिग क्लब चेल्सीबाट इमर्सनलाई अनुबन्ध गर्ने भएको हो ।
वेस्ट ह्यामले लेफ्ट ब्याकलाई १५ मिलियनमा अनुबन्ध गर्ने बताईएको छ ।
२८ वर्षीय इमर्सनले गत सिजन लियोनबाट लोनमा खेलेका थिए ।
उनी २०१८ मा रोमाबाट चेल्सी आएका थिए ।
तर, उनले चेल्सीमा लगातार खेल्न पाएका छैनन् ।
सन् २०२० मा इटालीले युरो जित्दा उनी इटालीको टिममा थिए ।
चेल्सीका डिफेन्डर अनुबन्ध गर्दै वेस्ट ह्याम










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)