बराबरीमा रोकियो युभेन्ट्स
मंगलबार, भदौ ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियासँग गोलरहित बराबरी खेलेको हो ।
साम्पडोरियाको मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा युभेन्ट्स जितबाट बन्चित भएको हो ।
यस्तै खेलको ६५ औं मिनेटमा युभेन्ट्सका एड्रियन राबिओटले गरेको गोलले मान्यता पाएन । भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।
यस बराबरीसँगै युभेन्ट्सले २ खेलमा ४ अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो युभेन्ट्स










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)