दुश्मन्थाले एसिया कप गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर दुश्मन्था चामिराले एसिया कप क्रिकेट गुमाउने भएका छन्।
अभ्यासका क्रममा खुट्टामा चोट बोकेपछि चामिरा एसिया कपबाट बाहिरिएका हुन्।
एसिया कपबाट बाहिरिने उनी तेस्रा तीव्र गतिका बलर हुन्।
यस अघि भारतका जसप्रित बुमराह र पाकिस्तानका शाहिन शाह अफ्रिदीले एसिया कपबाट बाहिरिसकेका छन्।
एसिया कप अगस्ट २७ बाट युएईमा सुरु हुनेछ । श्रीलंका समूह 'बी' मा रहेको छ । यस समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ ।
समूह 'ए'मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
यस अघि एसिया कप श्रीलंकामा तय भएको थियो । तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप श्रीलंकाबाट युएईमा सारिएको हो।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
