• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
घाइते युनाइटेडविरुद्ध लिभरपुल सतर्क !
खेलपाटी संवाददाता
सोमबार, भदौ ६, २०७९ खेलपाटी संवाददाता
घाइते युनाइटेडविरुद्ध लिभरपुल सतर्क !

काठमाडौं । इंग्लिस फुटबल क्यालेन्डरको सबैभन्दा ठूलो खेल सोमबार राति म्यानचेस्टरमा हुँदैछ। सिजनको अत्यन्तै महत्वपुर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ओल्ड ट्राफोर्डमा स्वागत गर्दैछ। खेल नेपाली समयअनुसार आज राती १२:४५ बजे सुरु हुनेछ।

युनाइटेड हाल प्रिमियर लिग तालिकाको पुछारमा छ। फुलह्याम र क्रिस्टल प्यालेसविरुद्ध अभियानको आफ्नो पहिलो दुई खेल बराबरी गरेको गत सिजनको उपविजेता लिभरपुल १२ औं स्थानमा छ।

एरिक टेन ह्यागले मे महिनामा ओल्ड ट्राफोर्डमा काम सुरु गर्दै गर्दा उनले सामना गर्नुपर्ने चुनौती प्रष्ट थियो । सुरुआतमै ५२ वर्षीय प्रशिक्षक अवस्थासँग अझ स्पष्ट भएका छन्। युनाइटेडले आफ्नो २०२२-२३ प्रिमियर लिग अभियानको सुरुवात अगस्ट ७ मा ब्राइटनसँग २-१ को घरेलु हारबाट गरेको थियो र गत साताको अन्त्यमा ब्रेन्टफोर्डमा ४-० को लज्जास्पद हार व्यहोरेको थियो।

ठुलो गोल अन्तरका दुई पराजय भोगेको रेड डेभिल्स सोमबार राति यदी अर्को हार बेहोर्छ भने टेन ह्यागले थप दबाब झेल्ने छन् । जसलाई तर्कसंगत रूपमा युनाइटेडको पुनर्निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

टोलीको समर ट्रान्सफर अहिलेसम्म ठीकठाक रहेको छ। टायरेल मलासिया, क्रिस्चियन एरिक्सन र लिसान्ड्रो मार्टिनेज, क्यासेमिरोलाई ल्याएको क्लबले थपमा अर्को दुई वा तीन खेलाडीमा काम गरिरहेको छ।

युनाइटेडले गत सिजन दुई प्रिमियर लिग खेलमा लिभरपुलसँग लज्जास्पद हार देख्यो। ओल्ड ट्राफोर्डमा ५-० र एनफिल्डमा ४-० को हार बेहोरेको थियो। युर्गेन क्लोपको टोलीले युनाइटेडविरुद्द पछिल्लो तीन खेल जितेको छ।  मार्च २०१८ यता इंग्ल्यान्डको शीर्ष लिगमा युनाइटेडले लिभरपुललाई हराउन सकेको छैन।

हालैका सिजनमा लिभरपुल र म्यानचेस्टर सिटी बीचको प्रतिष्पर्धाले निर्माण गरेको प्रिमियर लिगको स्तर उच्चतम बिन्दुमा छ।  प्रिमियर लिगको  यो सिजन लिभरपुलले जितको स्वाद चाखेको छैन । 'ब्याक-टु-ब्याक ड्र' बाट लिभरपुल दिक्क छ । लक्ष्यबाट टाढा छ। अँझ विशेष गरी म्यान सिटीले आफ्नो सुरुवाती २ खेल जितेर लिभरपुलको तनाबलाई बढाइदिएको छ । मर्सीसाइड दिग्गज भन्दा ५ अंकले च्याम्पियन सिटी अगाडी छ। यस्तो अवस्थामा अर्को म्यानचेस्टर टोलिविरुद्ध आज ३ अंक लिभरपुललाई जसरि पनि चाहिएको छ।

यो समरमा नुनेज, फाबियो कार्भाल्हो र क्याल्भिन राम्से आइपुगेपछि लिभरपुलको ट्रान्सफर पूरा भएको देखिन्छ। नयाँ मिडफिल्डर आउने कुरा भएको छ तर लिभरपुल बोरुसिया डर्टमन्डबाट जुड बेलिङ्घमलाई साइन गर्न अर्को वर्षसम्म पर्खन तयार छ।

टोलीको जानकारी -

म्यानचेस्टर युनाइटेड:

ह्यामस्ट्रिङको समस्याका कारण यो सिजन खेल्न नसकेका एन्थोनी मार्सियालको पुनरागमनले म्यान युनाइटेडलाई राहत दिएको छ।  तर टेन ह्यागले फ्रान्सेली खेलाडीको नाम बेन्चमा राख्ने सम्भावना । ह्यारी मगायरको स्थानमा राफेल भाराने खेल्न सक्छन। जबकी  ब्रेन्टफोर्डविरुद्ध दोस्रो हाफमा प्रभाव पारेका मलासियाले लुक शलाई रिप्लेस गर्न सक्छन ।

फ्रेड, ब्रुनो फर्नानडेस र एरिक्सनले फेरि मिडफिल्ड सम्हाल्दा, जेडन सान्चो र मार्कस रासफोर्डलाई आक्रमणमा रोनाल्डोको सहयोगी बनाइनेछ। ब्रान्डन विलियम्स, फाकुन्डो पेलिस्ट्री र भिक्टर लिन्डेलफ साइडलाइनमा रहनेछ। 

युनाइटेडको सम्भावित सुरुआती ११ :

डेविड डे गिया, डेलोट, भाराने, मार्टिनेज, मलासिया, ब्रुनो, फ्रेड, एरिक्सन, सान्चो, रोनाल्डो, रासफोर्ड

लिभरपुल:

रोबर्टो फिर्मिनो उपलब्ध भएको क्लोपले खुलासा गरे। ब्राजिलियनले नुनेजलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ। नुनेजलाई निलम्बन गरिएको छ। नाबी केइटा बिरामी भएपनि टोलीमा हुनेछन्। तर जोएल माटिप, थियागो अल्कान्टारा, इब्राहिमा कोनाटे, कर्टिस जोन्स, डिएगो जोटा, एलेक्स ओक्सलेड-चेम्बरलेन, रामसे र केल्हेर अझै घाइते छन्।

क्लोपले जो गोमेजलाई सोमबार आफ्नो प्रारम्भिक ११ मा समावेश गर्ने अपेक्षा गरिएको छ। क्लब कप्तान जोर्डन हेन्डरसन जेम्स मिलनरको स्थानमा मिडफिल्डमा फर्किनेछन्। लुइस डियाज र मोहम्मद सलाहले रेड्सका लागि वाइड खेल्ने छन् । डिफेन्समा परिचित अनुहारहरु ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड, भर्जिल भ्यान डाइक र एन्ड्रयू रोबर्टसन समावेश हुनेछन्।

लिभरपुलको सम्भावित सुरुआती ११ :

एलिसन, अलेक्जेन्डर-अर्नोल्ड, गोमेज, भान डाइक, रोबर्टसन, इलियट, फबिन्हो, हेन्डरसन, मो सलाह, फिर्मिनो, लुइस डियाज

के हुनेछ नतिजा ?

लिभरपुल निसन्देह सोमबारको भिडन्तमा फेभरेट हुनेछ। लिभरपुलले तीन अंक सुरक्षित गरेको देख्नु पक्कै अचम्मको कुरा हुनेछैन। यद्यपि,म्यान युनाइटेडले यस खेलको लागि तयारी गर्न लामो समय पाएको छ। घरेलु दर्शकलाई खुशी पार्दै, ओल्ड ट्राफोर्डमा अंक सुरक्षित गर्न युनाइटेड सक्षम हुनेछ।

म्यानचेस्टर युनाइटेड २-२ लिभरपुल  (खेलपाटी अनुमान)

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जितको खोजीमा
जितको खोजीमा
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP