काठमाडौं । नेदरल्यान्ड्सका कप्तान तथा मिडफिल्डर जर्जिनियो विज्नाल्डमले कतार विश्वकप गुमाउने सम्भावना बढेको छ ।
चोटको कारण इटालियन क्लब रोमाका मिडफिल्डले कतार विश्वकप गुमाउने सम्भावना बढेको हो ।
विज्नाल्डमले अभ्यासको दौरान दाहिने खुट्टाको चोट बोकेको रोमाले जनाएको छ । उनको खुट्टाको थिबिया फ्याक्चर भएको बताईएको छ ।
उनले नेदरल्यान्ड्सका लागि ८६ खेल खेलेका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । नेदरल्यान्ड्सको समूहमा सेनेगल, इक्वेडर र आयोजक रहेको छ ।
विज्नाल्डम हालै रोमामा अनुबन्धित भएका हुन् ।
३१ वर्षीय मिडफिल्डरलाई रोमाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट
एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
विज्नाल्डम गत सिजन लिभरपुलबाट पीएसजी आएका थिए ।
पीएसजीका लागि विज्नाल्डमले गत सिजन ३७ खेल खेलेका थिए ।
उनले पीएसजीबाट गत सिजन लिग वानको उपाधि जितेका थिए ।