काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पराजित भएको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एट्लेटिको भिल्ला रियलसँग २-० गोल अन्तरले पराजित भएको हो ।
खेलको ७३ औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा नहुएल मोलिनाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि इन्जुरी समयको सातौं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई २-० को जित दिलाए ।
भिल्ला रियलको यो लगातार दोस्रो जित हो ।
भिल्ला २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।
एट्लेटिको ३ अंक ओडेर आठौं स्थानमा रहेको छ ।