काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टासँग १-१ गोलको बराबरी खेलेको हो ।
मिलानले एक गोलको अग्रता उल्टाएर बराबरी गरेको हो ।

खेलको २९ औं मिनेटमा रुस्लान मालिनोभास्कीले गोल गर्दै एट्लान्टालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर,खेलको ६८ औं मिनेटमा इस्माइल बेनासेरले गोल गर्दै मिलानलाई हारबाट जोगाए ।
यस बराबरीसँगै मिलानले २ खेलमा ४ अंक जोडेको छ ।
मिलान चौंथो स्थानमा रहेको छ ।
एट्लान्टा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।