काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ७-१ गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिक गरे ।
नेयमारले दुई गोल गर्दा लियोनल मेस्सी र आच्रफ हाकिमीले एक एक गोल गरे ।
लिलका जोनाथन बाम्बाले एक गोल फर्काए ।

खेलको आठ सेकेण्डमै एमबाप्पेले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा मेस्सीले पीएसजीको अग्रता दोब्बर बनाए ।
खेलको ३९ औं मिनेटमा हाकिमीले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो ।
४३ औं मिनेटमा नेयमारले गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
नेयमारले नै ५२ औं मिनेटमा गोल गरेपछि पीएसजीले ५-० को अग्रता बनायो ।
खेलको ५४ औं मिनेटमा लिलका जोनाथनले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए ।
खेलको ६६ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६-१ को बनाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजीले ७-१ गोलको जित निकाल्यो ।
पीएसजीको यो लगातार तेस्रो जित हो ।
पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ ।
पीएसजी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
लिल ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।