काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ४-१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो ।
बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
ओसुमाने डेम्बेले र अन्सु फातीले एक एक गोल थपे ।
सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए ।

खेलको पहिलो मिनेटमै लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको छैटौं मिनेटमा इसाकले गोल गर्दै सोसिडाडलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६६ औं मिनेटमा डेम्बेलेले गोल गर्दै टिमको अग्रता २-१ को बनाए ।
६८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई ४-१ को सहज जित दिलाए ।
यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ ।
बार्सिलोना पाँचौं स्थानमा रहेको छ ।
सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।