काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले बोचुमलाई ७-० गोल अन्तरले हराएको हो ।
बायर्नलाई एकतर्फी जित दिलाउन साडियो मानेले दुई गोल गरे ।
यस्तै लोरी साने, म्याथिस डी लिग्ट, किङ्सले कोम्यान र सेर्जी जिनाब्रीले एक एक गोल गरे ।
बोचुमका क्रिस्टियन गाम्बोयाले एक आत्मघाती गोल गरे ।

खेलको चौंथो मिनेटमा सानेले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
२५ औं मिनेटमा डी लिग्टले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ३३ औं मिनेटमा कोम्यानले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
खेलको ४२ औं मिनेटमा मानेले गोल गरेपछि बायर्न पहिलो हाफमा ४-० ले अघि रह्यो ।

६० औं मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ५-० को बनाए ।
खेलको ६९ औं मिनेटमा क्रिस्टियनले आत्मघाती गोल गर्दा बायर्न ६-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७६ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई ६-० को जित दिलाए ।

यस जितसँगै बायर्नले लगातार तेस्रो जित निकाल्न असफल भएको छ ।
बायर्न ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बोचुम अंक विहीन रहदै पुछारमा रहेको छ ।