काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३-३ गोलको बराबरी खेलेको हो ।
रोमान्चक खेलमा सुरुआती अग्रता सिटीले बनाएको थियो ।
खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको २८ औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै न्युकासललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३९ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई २-१ को अग्रता दिलाए ।
खेलको ५४ औं मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गर्दै न्युकासललाई ३-१ को अग्रता दिलाए ।
खेलको ६० औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई ३-२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३-३ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेको छ ।
सिटी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।