काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीलाई लिड्स युनाईटेडले ३-० गोल अन्तरले हराएको हो ।
लिड्सलाई जित दिलाउन ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा आरोनसनले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा मोरेनोले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई ३-० को जित दिलाए ।
यस्तै कालिडोउ कोलिबालीले दोहोरो पहेलो कार्डसहिर रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै लिड्स दोस्रो स्थानमा उक्लिएको छ ।
लिड्सले ३ खेलमा ७ अंक जोडेको छ ।
चेल्सी ३ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
