काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा न्यौपाने आबद्द डन बस्को एफएले केरेला महिला लिगमा जित निकालेको छ ।
आइतबार भएको खेलमा डन बस्कोले कडाथानाड राजा एफएलाई ९-१ गोल अन्तरले हराएको हो ।
डन बस्कोको जितमा दिपाले ह्याट्रिकसहित ४ गोल गरिन् । उनले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरिन्।
दिपा खेलको प्लेयर अफ दि म्याच समेत घोषित भईन् ।
दिपाले लगातार दोस्रो खेलमा गोल गरेकी हुन् । दिपाको डेब्युमा २ गोल गरेकी थिइन् ।
दिपालाई केरेला लिगका लागि अनुबन्ध गरेको हो ।
