सयौ अन्तराष्ट्रिय खेलमा स्वारेजको गोल
बुधबार, असार ६, २०७५खेलपाटी संवाददाता

एजेन्सी । उरुग्वेली स्ट्राईकर लुईस स्वारेजले आफ्नो सयौ अन्तराष्ट्रिय खेलमा गोल गरेका छन् । विश्वकप फुटबल अन्तर्गत समुह चरणको दोस्रो खेलमा साउदी अरबविरुद्ध स्वारेजले गोल गरेका हुन् ।
योसंगै स्वारेजको राष्ट्रिय टिमबाट गोल संख्या ५२ पुगेको छ ।
स्वारेजले साउदीविरुद्ध उरुग्वेका लागि पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । प्रतियोगिताको पहिलो खेलमा उरुग्वेले इजिप्टलाई पराजित गरेको थियो ।
सन् २००३ मा युवा टोलीबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका स्वारेजले त्यसको दुई बर्षपछि सिनियर टोलीमा स्थान बनाएका थिए ।








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)