• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
‘एउटै संघका ४ टोली आधिकारिक भन्दै आउन थाले’
खेलपाटी संवाददाता
मंगलबार, साउन ३१, २०७९ खेलपाटी संवाददाता
‘एउटै संघका ४ टोली आधिकारिक भन्दै आउन थाले’
प्रदेश नम्बर एकका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले । फोटो : खेलपाटी

काठमाडौं । प्रदेश नम्बर एकका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले एउटै राष्ट्रिय खेलकुद संघका चार वटा टोली सम्म आफुहरु आधिकारिक भन्दै प्रदेशमा आउन थालेको बताएका छन् । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको प्रदेश खेलकुदमा एउटै संघका विभिन्न टोलीहरु आफुहरु आधिकारिक भन्दै आउन थालेको सदस्य सचिव वाग्लेले गुनासो गरेका हुन् ।   

राष्ट्रिय खेलकुदको सन्दर्भमा प्रदेश नम्बर एकको खेलकुद विकास बोर्डले तयारी अघि बढाएको छ । बोर्डले नवौंमा सहभागी ३६ खेलका प्रतिनिधिसँग समन्वय गर्दै तयारी अघि बढाउने तयारी गरेको हो । तर एउटै खेलकुद संघका चार वटा टोलीसम्म आफुलाई आधिकारिक भन्दै प्रदेशमा पुग्न थालेपछि प्रदेश खेलकुदलाई समस्या थपिएको छ ।

‘एउटै संघका विभिन्न मान्छे आफुलाई आधिकारिक भन्दै प्रदेशमा आउन थाले । एउटै संघका ४ वटासम्म टोली आउँछ ।’ सदस्य सचिव वाग्लेले खेलपाटीसँग भने, ‘राष्ट्रिय संघसँग छलफल गरेर अघि बढ्ने तयारी प्रदेशको छ ।’

एकै प्रकृतिका धेरै संघको विवाद खेलकुदमा नयाँ हैन । ऐनलेनै तीन महिनाभित्र एकै प्रकृतिका खेल संघलाई एकिकरण गरेर विवाद समाधानका लागि समय सिमा तोकेको थियो । तर ऐन कार्यान्वयन हुन नसक्दा एकै प्रकृतिका एउटै संघ मात्र राखेपमा दर्ता हुने ऐनको व्यवस्थाले सार्थकता पाउन सकेको छैन । 

केन्द्रमा देखिदै आएको संघको आधिकारिकताको विवाद अब प्रदेशमा पनि देखिन थालेको छ । संविधानले खेलकुदलाई साझा अनुसुचिको विषयमा राखेपनि संघ दर्ताको प्रक्रिया र कानुन फरक फरक छन् । प्रदेश कानुन अनुसार प्रदेशमा प्रदेश खेल संघ दर्ता हुनुपर्ने व्यवस्था राष्ट्रिय खेलकुद विकास ऐनमै छ । 

राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गरिरहेका प्रदेशले सम्बन्धित खेलको प्रदेश संघसँग समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ । तर अधिकांश संघ प्रदेशमा दर्ता छैनन् । प्रदेशमै संघ दर्ता नभएपछि कुन संघ वा कुन पदाधिकारी आधिकारिक भन्ने विषयमा प्रदेश खेलकुद समस्यामा परेको छ ।

प्रदेश नम्बर एकका खेलकुद बोर्डका सदस्य सचिव वाग्लेले नवौंको तयारीको सन्दर्भमा छलफल गर्न राष्ट्रिय संघका प्रतिनिधिलाई प्रदेशमा बोलाएर अघि बढ्न खोजिएको खेलपाटीलाई बताए ।  

‘नवौंमा सहभागी २६ वटै खेलका संघका प्रतिनिधिलाई भदौ २ गते प्रदेशमा बोलाएको छ । संघसँग प्रदेश कसरी अघि बढ्ने भन्ने विषय छलफलको मुख्य एजेण्डा छ ।’ वाग्लेले भने, ‘प्रदेश र संघ एक साथ भएर अघि बढ्ने कि बाइपास गरेर जाने भन्ने विषयको अब टुङ्गो लाग्छ ।’

‘प्रतियोगिताको निर्देशिकाले राखेपका संघलाई संगै लगेर जाने भनेर संकेत गरेको छ । तर संघको अनिवार्यता भन्ने देखिदैन । संघलाई बाइपास गरेर जाने पक्षमा प्रदेश छैन । सक्रियता देखाए संगै लैजान्छौं । नत्र आफ्नै ढङ्गले प्रदेश अघि बढ्छ ।’ उनले थपे । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP