• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
हेर्नुस, एन्फाको वार्षिक क्यालेन्डर
खेलपाटी संवाददाता
आइतबार, साउन २९, २०७९ खेलपाटी संवाददाता
हेर्नुस, एन्फाको वार्षिक क्यालेन्डर

काठमाडौं । वर्षभरी घरेलु फुटबल प्रतियोगितालाई ब्यस्त राख्ने गरि एन्फाले वार्षिक क्यालेन्डर तयार गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबारको कार्यसमिति बैठकले वार्षिक क्लालेन्डरलाई पारित गरेको हो । क्यालेन्डर पारित भएसँगै अन्यौलमा रहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) सहित घरेलु लिगको मिति टुङ्गो लागेको छ । 

आगामी असोज महिनाबाट घरेलु फुटबलको सिजन सुरु हुनेछ । असोज महिनाभर 'सी' डिभिजन लिगको छनोट खेल हुनेछ । 'सी' छनोटको विशेषता भनेको यसपटकका छनोट खेलहरु काठमाडौं केन्द्रित मात्र हुने छैनन् । काठमाडौं सहित विभिन्न चार स्थानमा छनोट प्रतियोगिता गर्ने एन्फाको निर्णय गरेको छ । यस निर्णयले 'सी' डिभिजनमा उक्लिन मोफसलका क्लबलाई सजिलो हुनेछ ।

असोज महिनाअघि एन्फाले भाद्र २० देखि ३१ सम्म श्रीलंकामा साफ यू–१७ च्याम्पियनसिप खेल्ने तालिका बनाएको छ । त्यसपछि घरेलु मैदानमै भाद्र २१ देखि ३ गतेसम्म महिला साफ च्याम्पियनसिपको आयोजना गर्नेछ । त्यसपछि भाद्र २५ देखि असोज २ गतेसम्म नेपालले बहराइनमा एएफसी यू २० छनोट खेल्नेछ । असोजमै १९ देखि २३ गतेसम्म नेपालले भियतनाममा एएफसी यू १७ छनोट पनि खेल्ने तालिका छ ।

सी छनोट चलिरहदाँ एन्फाले नेपाल र बंगलादेशबीच असोज ११ गते काठमाडौंमा मैत्रीपूर्ण खेलको आयोजना गरेको छ । असोजकै अन्तिम साता २३ देखि मंसिर २ गतेसम्मका लागि एन्फाले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग आयोजनाका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट कम्पनीलाई समय उपलब्ध गराएको छ ।  

फ्रेन्चाईज फुटबल चलिरहदाँ एन्फाले राष्ट्रिय फुटसल लिगको छनोट प्रतियोगिता असोज २४ देखि कात्तिक ५ गतेसम्म राखेको छ । त्यसपछि एन्फाले असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय दिएको छ । 

एन्फाले कात्तिक १ देखि पुस ६ गतेसम्म अन्तर विद्यालय स्तरीय राष्ट्रिय फुटबल प्रतियोगिताको समय निकालेको छ । त्यही समय कात्तिक १४ देखि मंसिर २९ गतेसम्म जिल्ला लिग र राष्ट्रिय लिग सञ्चालन गर्ने एन्फाको निर्णय छ । सोही कात्तिक महिना नेपालको साफ यू–१५ महिला टिम च्याम्पियनसिप खेल्न बंगलादेश जानेछ । 

मंसिरदेखि पुसको तेस्रो सातासम्म एन्फाले कतार विश्वकप फुटबलको समय कुनैपनि फुटबल गतिविधि नगर्ने तालिका बनाएको छ । त्यसपछि मंसिर ८ देखि पुस २ गतेसम्म मोफसलका फुटबल प्रतियोगितालाई एन्फाले समय उपलब्ध गराएको छ । त्यही समयमा मंसिर १५ देखि २४ गतेसम्म ६ महानगरका शहर सम्मिलित लिग कम नकआउटको महानगर कप आयोजनाको तालिका छ । मंसिर १० देखि पुस २ सम्म चितवनमै राष्ट्रिय वुमन्स लिगको अन्तिम चरणका खेल सञ्चालन गर्ने एन्फाको निर्णय छ । 

महिला लिग लगत्तै शहीद स्मारक ए डिभिजन लिगको सिजन सुरु गर्ने एन्फाको योजना छ । अहिलेलाई पुस ८ देखि चैत ४ गतेसम्मलाई लिगको मिति प्रस्ताव गरिएको छ । अघिल्लो वर्ष सञ्चालन गरिएको सप्ताह लिगकै ढाचामा प्रतियोगिता सञ्चालन गर्ने एन्फाको प्रस्ताव छ । घरेलु फुटबलमा नयाँ नेतृत्व आएपनि लिगको संरचना बदलिने छैन, लिग सिंगर राउण्ड रोबिनका आधारमै खेलाईनेछ ।

यस वर्ष उमेर समूहको राष्ट्रिय महिला लिगको नयाँ प्रतियोगिता सुरुवात गर्ने एन्फाको तयारी छ । फागुन १० देखि ३० गतेसम्म फिफाको वुमन्स प्रोग्राम अन्तर्गत यू–१८ राष्ट्रिय महिला लिग प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन गर्ने एन्फाको निर्णय छ । 

घरेलु लिग सकिने लगत्तै चैत २ देखि बैशाखसम्म मोफसल प्रतियोगिताको सिजन सुरु हुनेछ । सोही समय बी डिभिजन लिग प्रतियोगितापनि संगसंगै अघि बढ्नेछ । बी डिभिजन लिगका लागि एन्फाले चैत ६ देखि बैशाख १५ गतेसम्मको मिति प्रस्ताव गरेको छ । सोही समय चैतमै ६ गतेदेखि ३० गतेसम्म राष्ट्रिय फुटसल लिग आयोजना गर्ने एन्फाको निर्णय छ । बी डिभिजन चलिरहदाँ चैत १० देखि ३० सम्म प्रदेश लिग र बैशाख १० देखि ३० गतेसम्म एन्फा प्रेशिडेन्ट लिग सञ्चालन गर्ने एन्फाको तालिका छ । 

बैशाखमा बी डिभिजन लिग सकिएपछि बैशाख १८ गतेदेखि २७ गतेसम्म सी डिभिजन लिग आयोजना हुनेछ । सिजनको अन्तिममा एन्फाले उमेर समूहको फुटबल प्रतियोगिता ललित मेमोरियल यू १८ फुटबल जेठ २९ देखि असार १० गतेसम्म सञ्चालन गर्ने तालिका तयार पारेको छ । 

निकै अन्यौलका बीच एन्फाले वार्षिक क्यालेन्डर तयार गरेर निर्णय गरेको हो । फुटबल संघमा नयाँ नेतृत्व आएपनि घरेलु फुटबलको संरचना बदल्ने खालको कुनै योजना र कार्यक्रम वार्षिक क्लालेन्डरमा छैन । सी डिभिजनको छनोट काठमाडौं बाहिर गर्ने बाहेक अन्य कुनै नयाँ कार्यक्रम क्यालेन्डरमा देखिदैन ।

सबैभन्दा महत्वपुर्ण विषय शहीद स्मारक 'ए' डिभिजन लिग सञ्चालनमा कुनै परिवर्तन गरिएको छैन । सिंगल राउण्ड रोबिनमा 'ए' डिभिजन खेलाउने र 'बी' र 'सी' डिभिजनलाई महिना दिनमै सक्ने पुरानै ढाचा यस सिजन पनि देखिन्छ । समग्र फुटबलले अपेक्षा गरेको ‘होम एण्ड अवे’ र ‘डबल राउण्ड रोबिन लिग’को कार्यक्रम यस वर्षपनि फुटबलले देख्न नपाउने भएको छ । 


 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP