बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 

मंगलबार, २४ श्रावण २०७९खेलपाटी संवाददाता
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
Loading ad...
mustang rice ad

काठमाडौं । बागतमी प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ । 

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारको घोषणासँगै प्रतियोगिताको तयारीमा जुटेको बागमती प्रदेश सरकारले नवौंमा सहभागी हुने खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखेर तयारी गर्ने निर्णय गरेको हो । 

‘राष्ट्रिय खेलकुदमा सबैभन्दा बलिया टिम भनेकै विभाग हो । विभाग भन्दा राम्रो नतिजा निकाल्न जिल्ला र प्रदेशबाट छनोट भएका खेलाडीलाई तयारी राम्रोसँग गराउनुपर्छ । सोही कारण विभागीय टिम भन्दा राम्रो नतिजा निकाल्न प्रदेश छनोटबाट आएका खेलाडीलाई लामो समय बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको हो ।’ प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलपाटीसँग भने । 

प्रदेश खेलकुद विकास परिषदको पछिल्लो बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सम्पुर्ण तयारीलाई अघि बढाउने र सम्पुर्ण ३६ खेलमा खेलाडीलाई सहभागी गराउने निर्णय पनि गरेको छ । 

नवौं राष्ट्रिय खेलकुदमा सरकारले ३६ खेलमा प्रतिस्पर्धा गराउने भएको छ । सोही अनुसार बागमती प्रदेशले सबै खेलमा खेलाडीलाई उतार्ने औपचारिक निर्णय गरेको हो । 

बागमती प्रदेश सरकारले नवौंको तयारीका लागि भन्दै चालू आर्थिक वर्षका लागि बजेट समेत घोषणा गरेको थियो । सोही अनुसार नवौंको तयारीलाई अघि बढाउन प्रदेश खेलकुदलाई सहज भएको छ ।

प्रदेश सरकारले नवौंको तयारीका लागि जिल्ला छनोटमा १ करोड ३० लाख, प्रदेश छनोटमा ५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौंको तयारीका लागि भन्दै प्रत्येक प्रदेशलाई ४९ लाख रुपैयाँ बजेट दिने निर्णय गरिसकेको छ ।

‘नवौंका लागि बजेटमै कार्यक्रम आएपछि तयारी अघि बढाउन सहज भएको छ । प्रदेशले दिएको बजेट अनुसार नवौंका लागि राम्रो तयारीसँग अघि बढाउन सकिन्छ ।’ भण्डारीले भने ।  

प्रदेश खेलकुद विकास परिषद बागमतीले नवौंको जिल्ला छनोट भदौ १० गतेभित्र र प्रदेश छनोट २० गतेभित्र सक्ने निर्णय गरेको छ । प्रदेश छनोट सकिएसँगै खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर नवौंको तयारीमा राख्ने जुटाउने प्रदेश सरकारको तयारी छ । 

गत आर्थिक वर्षमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने बागमती पहिलो र एकमात्र प्रदेश सरकार हो । 
 

Loading ad...
LiNing Ad
#बागतमी_प्रदेश_सरकार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

मधेश र लुम्बिनी जय ट्रफीमा छनोट

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

एम्बासडरलाई हराउँदै हिल्ली ओसन कपको च्याम्पियन

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

गण्डकीको जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान